स्पेनिस ला लिगा

बार्सिलोना पुनः शीर्ष स्थानमा

एजेन्सी

बुधबार, १० असार २०७७, १० : २४
बार्सिलोना पुनः शीर्ष स्थानमा

एजेन्सी । स्पेनिस ला लिगाको उपाधि होडमा रियल मड्रिडको कडा चुनौती सामना गरिरहेको बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १–० को जित निकालेको हो । उसका लागि ७१ औँ मिनेटमा इभान रेकिटिकले गरेको गोल नै निर्णायक बन्यो । उनले यो सिजन ला लिगामा पहिलो गोल गरेका हुन् । रेकिटिकले ला लिगामा हालसम्म ५० गोल गरेका छन् ।

बुधबार ३४ वर्ष लाग्दै गरेका मेस्सीले खेल जीवनको ७०० औँ गोल गर्न कम्तिमा अर्को खेल फर्किनु पर्ने भएको छ । उनले अहिलेसम्म क्लब र राष्ट्रिय टिमबाट गरी ६९९ गोल गरेका छन् ।

ला लिगा अन्तर्गत मंगलबार राति नै भएका अरु खेलमा एथ्लेटिको मड्रिडले लेभान्टेलाई १–० ले पराजित गर्दा रियल भालाडोलिड र गेटाफेले १–१ को बराबरी खेलेका छन् ।