रामदेवले कोरोनाको औषधि बनाएको दावी, केही घण्टामै सरकारले रोक लगाइदियो

एजेन्सी

बुधबार, १० असार २०७७, ०८ : २४
रामदेवले कोरोनाको औषधि बनाएको दावी, केही घण्टामै सरकारले रोक लगाइदियो

एजेन्सी । भारतीय आयुर्वेद कम्पनी पतञ्जलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसविरुद्धको औषधि सार्वजनिक गरेको केही घण्टा नबित्दै भारत सरकारले त्यसको प्रचारप्रसारमा रोक लगाएको छ। 

भारतको आयुष मन्त्रालयले पतञ्जलीले तयार पारेको औषधि वैज्ञानिक रुपमा प्रमाणित नभएको हुँदा यसले सर्वसाधारणमा भ्रम र जोखिम दुबै निम्तिन सक्ने भएकाले त्यसको प्रचारप्रसारमा रोक लगाइएको जनाएको छ । 

पतञ्जलीले मंगलबार कोरोनाका विरामीको उपचारका लागि दुई वटा औष्गाधि तयार पारेको दावी गरेको थियो । योगगुरु रामदेव र कम्पनीका अध्यक्ष आचार्य बालकृष्णले पत्रकार सम्मेलनमार्फत सो दावी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस