नेपाली मोडल सभ्यता गिरी हिन्दी गीतको म्युजिक भिडियोमा

सफल खबर संवाददाता

मंगलबार, ०९ असार २०७७, १७ : ५२
नेपाली मोडल सभ्यता गिरी हिन्दी गीतको म्युजिक भिडियोमा

काठमाडौं । नेपाली मोडल सभ्यता गिरी हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी छन् । 

उनी भारतको चर्चित म्युजिक कम्पनी जि म्युजिकले सार्वजनिक गरेको ‘पसंद आया’ बोलको हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी हुन् । भिडियोमा सभ्यताले भारतीय मोडल भुषण पटेलसँग रोमान्स गरेकी छन् । 

एआर प्रोडक्सनको निर्माण रहेको भिडियोमा अजित गाडेको कोरियोग्राफी रहेको छ । प्रतिभा शर्माको स्वर तथा विपिन दासको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो आनन्द राउतले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस