सत्ता टिकाउन प्रधानमन्त्री ओलीको यस्ता छन्, तीन प्लान

आफ्नो विपक्षमा आवाज उठाउने नेताहरुलाई फकाउने, गलाउने र तर्साउने रणनीतिमा ओली अहिले लागिपरेका छन्

सफल खबर संवाददाता

मंगलबार, ०९ असार २०७७, ०९ : ३१
सत्ता टिकाउन प्रधानमन्त्री ओलीको यस्ता छन्, तीन प्लान

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारको बागडोर सम्हालेको ३१ महिना पुगेको छ । झण्डै दुई तिहाई जनमत उनको नेतृत्वको सरकारसँग छ । २०१६ सालमा विपि कोइराला नेतृत्वको सरकार पछि यति प्रष्ट जनमत कहिल्यै आएको थिएन् । ओली नेतृत्वको सरकारसँग यति प्रष्ट जनमत रहेपछि आम नेपाली जनताले स्थिरता, विकास  र समृद्धिको अपेक्षा गरेका थिए ।

त्यसमाथी नेपालका दुई कम्युनिष्ट पार्टीको एकतापछि ओली सरकार बलियो हुने अपेक्षा जनताको थियो । सुखी नेपाली समृद्ध नेपाल नारा पनि ओलीले दिएकै थिए । तर उनको नेतृत्वको सरकारले जनअपेक्षित काम गर्ने सकेन् । यति काण्ड, ओम्नी काण्ड देखि वाइडबडी काण्ड सम्मका भ्रष्टाचार यही सरकारका पालामा भए । आफु पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्ने प्रधानमन्त्रीको बोली खोक्रो बोलीमा मात्र सिमित बन्यो । 

ओलीलाई यो बीचमा आफ्नै नेतृत्वको सरकारमा पार्टीभित्रैबाट अनेक संकट आई लाग्यो । झण्डै झण्डै गत वैशाख ७ मा उनले आफैंले ल्याएको दुई विवादास्पद अध्यादेश प्रकरणपछि झण्डै झण्डै सरकार नै गुमाईसकेका थिए । अहिले पनि उनको सत्ता संकट टरेको छैन् । तर पनि उनले संकट टार्ने अनेक उपायको खोजी गरिरहेका छन् ।  ओलीले आफ्नो संकट टार्न पार्टीमा प्रयोग गर्ने गरेको एउटै अस्त्र हो, फकाउने, गलाउने र तर्साउने । उनलाई चरम संकट आईलाग्ने भयो भने उनले पार्टीका कुन कमिटीबाट संकट आईलाग्छ, त्यही कमिटिका नेताहरुलाई एक्लाएक्लै बालुवाटार बोलाउने, मन्त्रीको प्रलोभन देखाउने र आफनो क्याम्पमा तान्ने पहिलो अस्त्र प्रयोग गर्ने गरेको घटनाक्रमले देखाईरहेको छ ।

त्यसो गर्दा पनि आफ्नो संकट टर्ने सम्भावना नदेखिए, उनले नेताहरुलाई नै गलाउने रणनीति बनाउने गरेका छन् । नेताहरु बैठकका लागि माग गर्दै गर्छन, ति सबैलाई सुने नसुने झैं गर्ने र गलाउने ओलीको दोश्रो रणनीति देखिन्छ । त्यसो गर्दा पनि आफ्नो संकट टर्ने अवस्था नदेखिए नेताहरुलाई उनले तेश्रो र अन्तिम विकल्पका रुपमा तर्साउने रणनीति पनि अवलम्वन गर्ने गरेका छन् । विगत द्धन्द्धकालका मुद्धा, अनावश्यक प्रायोजित काण्ड बनाएर समेत उनले नेता कार्यकर्तालाई तर्साउने रणनीति बनाइरहेका छन् । अहिले फेरी विवादास्पद अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदबाट अनुमोदन गराउने प्रधानमन्त्रीको योजना छ ।

पार्टीभित्र ओलीको यो चाहनामा कुनै पनि कमिटिले सहज स्वीकार गर्ने देखिएका छैन् । जसकाकारण उनले विरोधी खेमाका नेताहरुलाई विभिन्न प्रलोभन देखाएर आफुतिर तान्ने र एमसीसी पारित गराई आफुभित्रको सत्ता संकट टार्ने योजना ओलीले बनाएको देखिन्छ । त्यसका लागि ओलीले मुख्यत सचिवालयका तीन नेता वामदेव गौतम, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठलाई फकाउने गरी प्लान ए अन्र्तगतको रणनीति बनाएका थिए । यि तिनै जना नेतालाई उनले उपप्रधानमन्त्रीको अफर समेत गरेको स्रोतले बताउँछ । तर कुनै पनि नेताले ओलीको त्यस्तो प्रस्तावलाई सहज स्वीकार गरिदिएनन् । 

गौतमलाई उपप्रधान तथा रोजेको मन्त्रालय, नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र या शिक्षा र गृहमन्त्री रहेका थापालाई उपप्रधानमन्त्री समेत बनाउने आश्वासन सहित आफ्नो समुहमा तान्न खोजेका थिए । तर एमसीसीमा ओलीको योजनामा साथ दिने यि तिनै जना नेता तयार देखिएनन् । त्यसपछि अहिले ओली प्लान बि अन्र्तगतको रणनीति अन्र्तगत आफ्नै पार्टी नेताहरुलाई गलाउने रणनीतिमा लागेका छन् । उनले त्यसै अनुसरुप पार्टीको दुई दुई पटक तय भएको सचिवालय जुन बैठकमा एमसीसीकै छलफल हुदैं थियो, त्यसलाई सहजै टार्ने काम गरिदिए ।

नेताहरु बैठकका लागि आवाज उठाएको उठायै गर्ने तर ओलीले टारिदिने रणनीति लिएर नेताहरुलाई आफु बिना केही गर्न सक्दैनन् भनेर गलाउने रणनीति अवलम्बन गर्न खोजेका छन् । भोलि असार १० गते स्थायी समिति बैठक बोलाईएको छ । तर त्यो बैठकमा पनि ओली सहभागी हुन्छन, हुनन् खुलिसकेको छैन् । यसमा पनि ओली सफल नभए उनले प्लान सी अन्र्तगतको थर्काउने र तर्साउने रणनीति अवलम्बन गर्ने सम्भावना छ ।

त्यसका लागि ओलीले अख्तियार, न्यायलय लगायतका प्रमुखलाई मध्यरातसम्म आफनो निवासमा बोलाएर छलफल गर्ने, सांकेतिक रुपमा नेताहरुलाई तर्साउने रणनीति अख्तियार गर्ने गरेको देखिन्छ । ओलीको यस्तो रणनीति आफु सत्तामा टिकीराख्न प्रयोग गर्ने गरेको अस्त्र भएको नेकपाभित्र अहिले चर्चा छ । आफ्नै पार्टी नेताहरुसँग ओलीले गर्ने यो खालको ब्यवहारले पार्टी र सरकारको भूमिका भने निष्प्रभावी बन्दै गएको छ । यसले पार्टीलाई भने दिनदिनै घाटा मात्र पुरयाईरहेको नेकपा नेताहरुले टिप्पणी गर्न थालेका छन् । 
 

प्रतिक्रिया दिनुहोस