दैलेखका तत्कालीन हुलाक प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमबार, ०८ असार २०७७, १५ : ५५
दैलेखका तत्कालीन हुलाक प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जिल्ला हुलाक दैलेखका तत्कालीन प्रमुख अमरबहादुर मल्ल, नायवसुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेश बहादुर केसी, नायवसुब्बा रणबहादुर बोहरा, लेखापाल शालीग्राम पौडेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका तत्कालीन कोष नियन्त्रक शुभाखर न्यौपाने र लेखापाल दीपबहादुर थापाविरुद्ध विगो दावीसहित मुद्दा दायर गरिएको हो।

अख्तियारले उनीहरुबाट कुल १२ करोड ७१ लाख बढी विगो दावी गरेको छ।