काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित भएका छन् । नेपाल राष्ट्र बैंकले ६९ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेका हो ।
धेरै रेमिट्यान्स भित्र्याएर सम्मान हुने बैंकहरूमा ग्लोबल आईएमई बैंक, हिमालयन र नेपाल एसबीआई छन् । सो आर्थिक वर्ष कुल रेमिट्यान्समा ग्लोबलले २१.१ प्रतिशत, हिमालयनले २०.६ र नेपाल एसबीआईले १९.१ प्रतिशत भित्र्याएको राष्ट्र बैंकको तथ्याङ्क छ ।
त्यस्तै धेरै रेमिट्यान्स कम्पनीहरूमा आईएमई, सिटी एक्स्प्रेस र ईसेवा मनी सम्मानित भएका छन् । आईएमईले २७.५, सीटीले १४.९ र ई-सेवाले १२.१ प्रतिशत रेमिट्यान्स भित्र्याएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आईएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
ग्लोबल आईएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा ३५ जनालाई छात्रवृत्ति प्रदान