परासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) मा एक जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनापछि फरार रहेका अभियुक्त १६ दिनपछि पक्राउ परेका छन् ।
रुपन्देहीको रोहिणी गाउँपालिका–४ का गङ्गासागर यादव नवलपरासीको रामग्राम–१६ हकुईबाट पक्राउ परेका हुन् । गत जेठ २१ गते नवलपरासीको परासी–महेशपुर सडक खण्डअन्तर्गत पाल्हीनन्दन–३ परसियामा अपरिचित मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५३ वर्षीय नाथुप्रसाद गुप्ताको मृत्यु भएको थियो ।
ठक्कर दिने मोटरसाइकल फरार रहेकामा खोजी गर्दै जाँदा १६ औँ दिनमा सवारी साधनसहित चालकलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो । घटनास्थलमा फेला परेको मोटरसाइकलको भाइजरको टुक्राका आधारमा अभियुक्त पक्राउ गर्न सफल भएको उहाँको भनाइ थियो । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ असार २०७७, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ