परासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) मा एक जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनापछि फरार रहेका अभियुक्त १६ दिनपछि पक्राउ परेका छन् ।
रुपन्देहीको रोहिणी गाउँपालिका–४ का गङ्गासागर यादव नवलपरासीको रामग्राम–१६ हकुईबाट पक्राउ परेका हुन् । गत जेठ २१ गते नवलपरासीको परासी–महेशपुर सडक खण्डअन्तर्गत पाल्हीनन्दन–३ परसियामा अपरिचित मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५३ वर्षीय नाथुप्रसाद गुप्ताको मृत्यु भएको थियो ।
ठक्कर दिने मोटरसाइकल फरार रहेकामा खोजी गर्दै जाँदा १६ औँ दिनमा सवारी साधनसहित चालकलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो । घटनास्थलमा फेला परेको मोटरसाइकलको भाइजरको टुक्राका आधारमा अभियुक्त पक्राउ गर्न सफल भएको उहाँको भनाइ थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ असार २०७७, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युके पठाइदिन्छु भन्दै ४३ लाख ठगी, एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा चितवनका नेता कँडेल पक्राउ
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ