चितवन । कालिका नगरपालिका–१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोलीले सो ठाउँको स्थलगत निरीक्षण गरेको छ ।
प्रजिअ भट्टराईका अनुसार बोरिङ खन्दा आएको बालुवामा सिसा बनाउन प्रयोग हुने धातु सिलिका जस्तो पहँेला कणहरु देखिएका छन् । हाल एक सय ६० फिट तल बोरिङ खन्दै गर्दा बालुवामा पहँेला कणहरु देखिएका हुन् । उहाँले काम रोकेर ठाउँ सुरक्षित गर्न भनिएको जानकारी दिनुभयो । प्रशासनले यस विषयमा गृहमन्त्रालयमा पत्राचार गरेको छ । थप अध्ययनपछि के हो भन्न सकिने प्रजिअ भट्टराईको भनाइ छ ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार नगरपालिकाको अनुदानमा स्थानीय टोलले बोरिङ खन्दै गर्दा सुन जस्ता पहँेला वस्तु देखिएपछि स्थानीयवासीले आफूलाई खबर गरेको बताउनुभयो । आफूले जिल्ला समन्वय प्रमुख र प्रजिअलाई खबर गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
कालिका नगरपालिका–१ मा स्थानीयवासी सन्तवीर स्याङताङको जग्गामा डिप बोरिङ खन्ने क्रममा निस्किएको बालुवामा सुन जस्तै देखिने कण निस्किएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ असार २०७७, २१ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?