बाम गठबन्ध

बाम गठबन्ध चितवनद्धारा २ सय ५० सदस्यीय निर्वाचन परिचालन समिति गठन

बुधबार, १५ कार्तिक २०७४, १८ : ५३
बाम गठबन्ध चितवनद्धारा २ सय ५० सदस्यीय निर्वाचन परिचालन समिति गठन

चितवन । बाम गठबन्ध चितवनले अँसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि निवार्चन परिचालन समिति गठन गरेको छ । गठबन्धनले निवार्चन परिचालन समिति र दुई पार्टी एकीकरणक संयोजन गरी २ वटा समिति गठन गरेको हो । निर्वाचन परिचालन गर्न माओवादी केन्द्र का नेता अमिक शेरचनको संयोजकत्वमा २ सय ५० सदस्ययीय निवार्चन परिचालन समिति गठन गरेको छ । दुबै पार्टीका १ सय २५ जना रहने गरि ३५ सदस्ययीय सचिवालय समिति गठन गरिएको भरतपुरमा आयोजित संयुक्त बाम गठबन्धन चितवनले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

त्यसतै ३ दिनभित्र क्ष्ँेत्र ,प्रदेश र वडा स्तरमा संयुक्त निर्वाचन परिचालन कमिटि समेत गठन गरिने गठबन्धनले जानकारी दिएको छ । क्षेत्र तथा प्रदेशको निर्वाचनका लागि जुन पार्टीको उम्मेदवार छ त्यही पार्टीको नेताको संयोजक र अर्को पार्टीको नेता उपसंयोजक रहेन छन् । वडा स्तरमा भने दुबै पार्टीका अध्यक्ष्ँले आलो पालो निवार्चन परिचान कमिटिको संयोजक रहने निर्णय गरिएको नेकपा एमाले चितवनका अध्यक्ष्ँ कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । निर्वाचन परिचालन समितिको संयोजकमा माओवादी केन्द«का स्थायी कमिटि सदस्य अमिक शेरचन ,उपसंयोजमा एमालेका नेता कृष्ण प्रसाद खनाल ,देवी प्रसाद ज्ञवाली ,माओवादीका केन्द«का नेता नारायण दाहाल, सुर्य सुवेदी रहनु भएको छ ।

चितवनको ३ वटा क्षेत्रको प्रतिनिधी सभा र प्रदेश सभाको मनोनयन गर्न कात्तिक १६ गते मनोनय दर्ता गरि गेष्ठ हाउस चौर भरतपुरमा चुनावी सभा गरिने छ । सभालाई माओवादी केन्द«का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य सुरेन्द« पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको सो अवसरमा जानकारी गराईएको छ ।

यसैबिच सरकारले निवार्चनको वातावरण बिर्गान खोजेको बामगठबन्ध चितवनले आरोप लगाएको छ । निर्वाचनको मुखमा आएर द्धन्द्धकालिन मुद्धालाई बिउताएर सरकारले जनतालाई भ्रम छर्न खोजीएको प्रति चर्को बिरोध जनाएको छ । माओवादी नेता बालकृष्ण ढुङगेललाई पक्राउको बारेमा बोल्दै नेकपा एमाले चितवनका अध्यक्ष्ँ कृष्णभक्त पोखरेलले शान्ति सम्झैता पश्चात द्धन्द्धकालिन मुद्धालाई यसरी उचालनु शान्ति सम्झौता विपरित रहेको उल्लेख गर्नु भयो । द्धन्द्धकालिन मुद्धाको समधानका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग गरेको भन्दै चुनावको मुखमा सरकारले निर्वाचनलाई असर पु¥याउन यस्तो कदम चालेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस