काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिनुपर्ने निष्कर्ष निकालेको छ ।
शनिबार बिहान बसेको सोे पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निष्कर्ष निकालेको हो ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनैपनि विदेशी महिलाले स्वदेशी पुरुषसँग विवाह गरेर सात बर्ष यहाँ बसेको हुनुपर्ने र त्यसबीचमा विदेशको नागरिकता त्यागेको प्रमाण पेस गरेपछिमात्रै नेपाली अंगीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको जानकारी दिए ।
नेपाली पुरुष नागरिकसँग विवाह गरेपछि प्राप्त गर्नसक्ने अंगीकृत नागारिकताको प्रावधानवारे छलफल गरेर निष्कर्ष निकालिएको छ । जसमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ बर्ष बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागारिकता वा त्यस्तै कागजात भए त्यसलाई त्यागेको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागारिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ’, प्रवक्ता श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०७७, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
छयानब्बे वर्षमा नागरिकता
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
मोरङमा भोलिदेखि अनलाइनमार्फत नागरिकताको सिफारिस