आज दिनभरिको मौसम कस्तो रहला ? देशभरि वर्षा हुने अनुमान

सफल खबर संवाददाता

शनिबार, ०६ असार २०७७, ०८ : ४०
आज दिनभरिको मौसम कस्तो रहला ? देशभरि वर्षा हुने अनुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभावले मौसम बदली तथा वर्षा भईरहेको जनाएको छ । सुदूरपश्चिम बाहेकका क्षेत्रमा मनसुन पुगेको र मनसुनी गतिविधि सक्रिय हुँदै गएको मौसमविदले मञ्जु बासीले बताएकी छन् ।

हाल देशभर सामान्यतया बदलीको अवस्था रहेको छ । देशका धेरै स्थानमा पानी परेको छ। विशेष गरी गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविदल बासीले बताएकी छन् । भारतको पूर्वी उत्तर प्रदेशको भू–भागमा न्युन चापिय प्रणालीको प्रभाव पनि नेपालमा रहेको छ ।

शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अरु क्षेत्रमा पूर्ण बदली हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहुने मौसमविदले बताएका छन् । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश ५, बागमति प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस