लमजुङ । बेँसीशहर नगरपालिका –११ चितीका एक बासिन्दाको धन्सार पहिरोबाट भत्किँदा ६ जना घाइते भएका छन् । बिहीबार साँझ अविरल परेको वर्षाले जुद्धबहादुर थापाको धन्सारमाथिबाट पहिरो खसेर मानिस घाइते भएको प्रहरीले जनाएको छ ।
जुद्धबहादुरसहित उहाँकी श्रीमती किरण तथा धन्सारमा बस्दै आएका लुकबहादुर गुरुङ, अमृत गुरुङ, सरस्वती गुरुङ र सुशीला गुरुङ घाइते भएका छन् । उनीहरुलाई स्थानीयवासी र प्रहरीले पुरिएका अवस्थामा उद्धार गरी बेँसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याएका छन् । किरणलाई भने आज बिहान नगर प्रमुख गुमानसिंह अर्यालले घटनास्थल निरीक्षणका लागि पुगेर फर्किने क्रममा आफ्नै गाडीमा सो अस्पतालमा लगेर उपचार गराउनुभएको छ ।
घाइतेमध्ये जुद्धबहादुरलाई भने थप उपचारका लागि पोखराको मणिपाल अस्पतालमा गए राति नै लगिएको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो । घाइतेको खुट्टा, टाउको, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । बेँसीशहरमा उपचारत घाइतेलाई नगर प्रमुख अर्याल, उपप्रमुख लक्ष्मी अधिकारीलगायतले भेट्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०५ असार २०७७, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घोराही–थबाङ सहिदमार्गमा दुई ठाउँमा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो
पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध
पहिरोले बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध