एजेन्सी । भारत र चीनका सेनाबीच सिमावर्ती क्षेत्र गलवानमा भएको भिडन्तबारे अमेरिकाले प्रतिक्रिया दिएको छ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गर्दै भारतीय सैनिकको निधनप्रति समवेदना व्यक्त गरेका छन् ।
माइक पोम्पियोले भनेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण भएको निधनमा भारतका बासिन्दाहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । शोकाकुल मृतक सैनिकका परिवार, आफन्त र प्रियजनलाई स्मरण गर्दछौँ ।’ भारत र चीनका बीच तनाव जारी रहेका बेला अमेरिका चीनसँग आफ्नो सम्बन्ध सुधारको प्रयासमा पनि जुटेको छ । बुधबार अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका शीर्ष नेता यांग जिचीसँग सात घण्टा बैठक गरेका छन् ।
चीन र भारतका सैनिकबीच गलवानमा भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले आफ्नो तर्फको क्षतिबारे केही पनि खुलाएको छैन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०५ असार २०७७, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द