आज दिनभरिको मौसम कस्तो रहला ? देशभर वर्षाको सम्भावना

सफल खबर संवाददाता

शुक्रबार, ०५ असार २०७७, ०९ : ३४
आज दिनभरिको मौसम कस्तो रहला ? देशभर वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शुक्रबारको मौसम सामान्यतया बदली रहने जनाएको छ ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। शुक्रबार राति देशभर पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

प्रदेश १, गण्डकी प्रदेश , प्रदेश ५ र बागमती प्रदेशका एक वा दुइ स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस