स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडको शानदार जित

सफल खबर संवाददाता

विहीबार, ०४ असार २०७७, ०८ : ०५
स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडको शानदार जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले ओसासुनालाई ५–० ले पराजित गरेको हो ।

पहिलो हाफमा एक गोल गरेको एथ्लेटिकोले दोस्रो हाफमा थप चार गोल गरेको हो । एथ्लेटिकोका लागि जोआओ फेलिक्सले २७ र ५६ औँ मिनेटमा गरी दुई गोल गरे ।

७९ औँ मिनेटमा मार्कस लोरेन्टे, ८२ औँ मिनेटमा अल्भारो मोराटा र ८८ औँ मिनेटमा कारास्कोले गोल गरेपछि एथ्लेटिको मड्रिड ५–० ले विजयी भएको हो ।जितपछि एथ्लेटिको मड्रिड २९ खेलबाट ४९ अंकसहित चौथो स्थानमा उक्लिएको छ। ओसासुना ३५ अंकसहित ११ औँ स्थानमा छन् ।

ला लिगा अन्तर्गत बुधबार राति नै भएका खेलमा एथ्लेटिको बिल्बाओ र एइबरले २–२ तथा रियल भालाडोलिड र सेल्टा डी भिगोले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस