काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव नमान्ने भएको छ । कांग्रेस पदाधिकारीहरुको बुधबार विहान बसेको बैठकले अहिले भएकै व्यवस्थाको पक्षमा उभिने निर्णय गरेको हो ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा पेश भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले यसलाई समर्थन गरेको छ तर कांग्रेसले पार्टीमा छलफल गर्न भन्दै समय मागेको थियो ।
बुधबार हुने समितिको बैठकमा कांग्रेस सांसदहरुले पदाधिकारी बैठकको निर्णयअनुसार नै आफ्नो अडान राख्नेछ ।
सहमहामन्त्री डा। प्रकाशशरण महतले भने ‘संविधानमा नेपाली नागरिकसँग बिहे गरेर आएपछि उसले चाहेमा अंगीकृत नागरिकता लिन सक्ने भनिएको छ, यति वर्ष भनेर शर्त राखिएको छैन, त्यसैले त्यही अनुसार ऐन बनाउनुपर्छ भनिएको हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असार २०७७, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आमाको थरबाट नागरिकता लिन पाइने व्यवस्था गरिँदै
८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता
८१ वर्षको उमेरमा नागरिकता
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता