विश्वकै दुई ठुला राष्ट्र भारत र चीन बिच सैन्य भिडन्त किन भयो ?

भिडन्तमा २० सेना आफ्नो र ४० सेना चीनको मारिएको भारतको दाबी

एजेन्सी

बुधबार, ०३ असार २०७७, ११ : ४२
विश्वकै दुई ठुला राष्ट्र भारत र चीन बिच सैन्य भिडन्त किन भयो ?

एजेन्सी । हिमाली क्षेत्रको सिमा विवादका कारण भारत र चीन बिच तनावको अवस्था छ । दुवै देशका सेना बिच सोमबार र मंगलबार भएको झड्पमा भारत तर्फका २० सेना मारिएका छन् । भने यता भारतीय सेनाले चीन तर्फ ४० जना सेना मारिएको आ–आफ्नै दाबी गररहेका छन् । तर चीन भने आफ्नो तर्फ के कति क्षति भयो भन्नेमा केही बोलेको छैन् । 

विश्वका दुई शक्तिशाली राष्ट्र बिच सिर्जना भएका द्धन्द्ध के कस्तो रुपमा अगाडी बढ्छ भन्नेमा विश्वको ध्यान तर्फ ध्यान केन्द्रित भएको छ । विशाल सैन्य क्षमता र आणविक हतियारका साथै ठूलो जनसङ्ख्या रहेका दुई देश बिचको तनाव मत्थर पार्न भने दुवै देश संयमित हुनुपर्नेमा अन्य देशले जोड दिईरहेका छन् । 

मङ्गलवार दुवै देशको सिमा हिमाली क्षेत्र लद्धाखमा भएको झडपमा  बन्दुक प्रयोग नभएको दाबी गरिएको छ । तैपनि भिडन्तमा भारतीय सेनाले २० भारतीय सैनिकको ज्यान गएको बताएको छ। भारतीय सञ्चारमाध्यमले चिनियाँ पक्षका ४३ जनालाई घाइते बनाइएको समाचार प्रकाशन गरेका छन्। एशियाका दुई ठूला राष्ट्रबीच सीमा क्षेत्रमा भएको विवादका कारण पछिल्लो चार दशकमा मानवीय क्षति हुने गरी भएको यो पहिलो घटना हो।

पछिल्लो टकराव कसरी सुरु भयो र यसको कारण के हो ? 

मङ्गलवारको झडप लद्दाखस्थित गलवान क्षेत्रमा दुई देशबीचको लाइन अफ एक्चुअल कन्ट्रोलमा भएको हो। यो विवादास्पद कश्मीर क्षेत्रमा पर्छ जहाँ व्यापक रूपमा सेना परिचालन गरिएको छ।

भारत, पाकिस्तान र चीनको उक्त भूभागबारे आआफ्नै किसिमका दाबीका कारण उक्त क्षेत्रमा प्रायः तनाव भइरहन्छ।
गलवान क्षेत्रमा भारतीय र चिनियाँ गस्ती टोलीबिच धेरै घटनाहरू घटेका छन्। गत एप्रिल महिनादेखि गलवान उपत्यका नजिक दुवै पक्षले हतियास र सैनिकको सङ्ख्या बढाएका छन्। त्यहाँ परिचालन गरिएका सैनिकलाई हेलिकोप्टर र लडाकु विमानहरूले बल दिएका छन्।

मे महिनाको सुरुमा भारतले आफ्नो दाबी गर्दै आएको भूमिमा चिनियाँ फौजले टेन्ट गाड्ने, खाल्डो खन्ने र निर्माण कार्यमा प्रयोग हुने सवारीसाधन प्रयोग गरेसँगै तनाव बढेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गर्दै आईरहेका छन्। भारतले सन् २००८ बाट उच्च हिमाली भेगमा पुनः सञ्चालनमा ल्याएको एअरबेससम्म पुग्नका लागि सयौँ किलोमिटर लामो सडक निर्माण गरेसँगै चीनले त्यस्तो कदम चालेको बताईएको छ ।

पछिल्लो घटनाक्रमका लागि भने भारतले चीनलाई दोष दिएको छ। गलवान उपत्यकामा चलिरहेको तनाव कम गर्ने प्रक्रियाका क्रममा हिजो राति हिंसात्मक अवस्था सृजना भयो जसमा दुवै पक्षका अधिकारीहरू हताहत भएका थिए, भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। चीनले भने भारतलाई तनाव बढाउने गरी एकपक्षीय रूपमा कदम नचाल्न भनेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लीजीयनले भारतले सीमा पार गरेको र चीनको सेनालाई उक्साउनुका पछि उक्त झड्प भएको बताएको छ । 

विवादको पृष्ठभूमि
यो टकराव उत्पन्न हुनुका धेरै कारण छन्। तर प्रतिस्पर्धी रणनीतिक उद्देश्य यसको जड हो । भारत र चीनबीच ३,४४० किलोमिटर लामो सिमाना छ र विभिन्न स्थानका भूभागलाई लिएर दुवै देशले आआफ्नै दाबी गर्दै आईरहेका छन्।

सन् १९५० देखि नै चीनले ब्रिटिश औपनिवेशिक कालमा तय गरिएको सीमालाई मान्यता दिन अस्वीकार गर्दै आएको छ । फलस्वरूप सन् १९६२ मा दुई देशबीच युद्ध भयो जसमा भारत नराम्ररी पराजित भयो । एजेन्सीको सहयोगमा