काठमाडौं । पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सरकारले निःशूल्क १ करोडको विमा गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझएको छ ।
७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको निःशूल्क विमा गर्न माग गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सरक्षाकर्मी र संचारकर्मीहरुको सरकारले प्रतिव्यक्ति एक करोडको विमा गर्न माग गरेको छ ।
कांग्रेस जिल्ला कार्यसमिति सभापति सबुज बानियाले सरकार जनसरोकारका समस्या सम्बोधन गर्न असफल भएको बताउनुभयो । सरकार भ्रष्टाचारमा लिप्त भएको, महामारीको समयमा आफ्ना कार्यकर्ता पाल्न सिमित भएको र जनताहरुको समस्या सम्बोधन गर्ने गरी अगाडी नबढेकाले प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असार २०७७, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा