कोरोना सन्त्रास

भारतमा पछिल्लो २४ घंटामा अहिले सम्मकै सबभन्दा धेरैको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०२ असार २०७७, १० : ०७
भारतमा पछिल्लो २४ घंटामा अहिले सम्मकै सबभन्दा धेरैको मृत्यु

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी अहिले विश्वका २१३ देशहरुमा फैलिसकेको छ । यसको रोकथाम तथ निर्मुलनका विभिन्न प्रयास भएपनि अहिले सम्म सफलता भने हात लागेको छ । तर पछिल्ला केही दिन यता कोरोनाको महामारीबाट छिमेकी मुलुक भारत सबैभन्दा बढी प्रभावित बन्न पुगेको छ । 

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ९ हजार ९१५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४३ हजार २६ जनालाई संक्रमण भएको छ । १ लाख ८० हजार ३२० जना स्वास्थ्योपचार पछि निको भएका छन्  ।

८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ। पछिल्लो २४ घंटामा सोमवार  १० हजार २४३ जना संक्रमित थपिएका छन् भने ३९५ जनाको मृत्यु भएको छ । सोमवार भारतमा एकैपटक मृत्यु भएकाको संख्या अहिलेसम्मकै धेरै हो ।

कोरोना भाइरसका कारण् विश्वमा ४ लाख ३९ हजार ८५ जनाको मृत्यु भईसकेको छ भने ८१ लाख १३ हजार ६७९ जनालाई संक्रमण भएको छ । त्यस्तै ४२ लाख १३ हजार ६०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस