कोरोना नियन्त्रणमा चितवन प्रशासनको सक्रियता सार्थक, बढि भिडबाड हुने कार्यालयनै कोरोना नियन्त्रणमा चुनौति

सफल खबर संवाददाता

आइतबार, ३२ जेठ २०७७, २१ : १३
कोरोना नियन्त्रणमा चितवन प्रशासनको सक्रियता सार्थक, बढि भिडबाड हुने कार्यालयनै कोरोना नियन्त्रणमा चुनौति

प्रकाश सिग्देल 
चितवन । चितवन जिल्लालाई सुरक्षित राख्न सबै प्रकारका सुरक्षा उपाएहरु अबलम्वन गरिरहेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनु भएको छ । 

असार १ गते देखी लकडाउन केही खुकुलो बनाउने सरकारले निर्णय गरेकाले सरकारको निर्णयलाई कार्यान्वयन गर्दै चितवन जिल्ला लाई सुरक्षित बनाउन थप नयाँ  रणनितिहरु अबलम्वन पनि गरिएको बताउनु भयो । 

कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाले १ गते देखी निजि सवारी साधन चलाउन दिने निर्णय भएकाले जोर गते जोर नम्बरका सवारी र बिजोर गते बिजोर नम्बरका सवारी सन्चालन हुने बताउनु भयो ।   मोटरसाईकलमा चालक मात्रै र कारमा चालक बाहेक २ यात्रु यात्रा गर्न पाउने उहाले बताउनु भयो । 

१ गते देखी सन्चालन गर्न पाईने सेवा तथा कार्यहरु गर्दा प्रवेश बिन्दुमै हात धुने वा सेनिटाईजर प्रयोग गर्ने ब्यवस्था मिलाउनु पर्ने ,कम्तिमा २ मिटरको सामाजीक दुरी कायम गर्नु पर्ने माक्स प्रयोग गर्नु पर्ने लगाएतका जनस्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नु पर्ने हुन्छ । 

संञ्चालनमा आउनेहरुमा बिकास आयोजना, निर्माण कार्य, नर्सरी र वनजन्य उद्दम, बिधुत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण , हुलाक सम्बन्धी सेवा , क्वारेन्टिनका लागी प्रयोग भएका होटल र सवारी साधन, रेष्टुरेन्टबाट हुने प्याकिगं तथा टेकअवे सेवा , खनिज जन्य पदार्थ उत्खन्न संकलन ढुवानी लगायत रहेका छन् । 

शिक्षण संस्थाका कार्यालय, सरकारी कार्यालहरु बैकहरु बिहान ८ वजे देखि १ वजे सम्म र १ वजे देखि साँझ ६ वजे सम्म दुई चरणमा संञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

सन्चालन गर्न नपाईने कार्यहरु 
१ शैक्षिक संस्था बिद्यालय, कलेज टिउसन सेन्टर तालिम केन्द्र,
२ अनुमति प्राप्त गरेका बाहेक अंतरराष्ट्रीय तथा आन्तरीक उडानहरु 
३ तोकिए बाहेक अंतरराष्ट्रीय सिमा नाका बाट हुने आवत जावत
४ सबै प्रकारका सभा गोष्ठि तालिम सेमिनार
५ सबै प्रकारका प्रर्दशनी भेला सम्मेलन,
६ सिनेमा हल पाटि प्यालेस डान्सबार लगायत मनोरन्जन स्थल
७ सावैजनिक पुस्तकालय संग्राहलय चिडियाखाना,
८ स्पा सौलुन तथा ब्युटिपार्लर 
९ सुईमिगं पुल जिमखाना लगाएत हेल्थ कल्व
१० सपिगं महल 
११ समुहमा खेलिने खेलकुद, खेल मैदानमा हुने प्रस्तुती 
१२ सबै प्रकारका धार्मीक तथा सामाजिक स्थल
१३ यात्रु बहाक सार्वजनिक सवारी साधन पर्यटक सवारी साधन समेत,
१४ जिल्ला भित्र मात्र जोर बिजोर प्रणालीमा सन्चालन हुने निजि सवारी साधन बाहेक अन्य निजि सवारी साधन,

प्रशासनको नजरमा मुख्य जोखिम स्थलहरु 
कोरोना भाईरस कोभिड १९ को संक्रमणको मुख्य जोखिममा अस्पतालहरु रहेको बताउनु भयो ।  अस्पतालहरुमा संक्रमणको जोखिममा रहेका जिल्लाहरुबाट समेत उपचारका लागि आउने भएकाले सो क्षेत्र उच्च जोखीममा रहेको बताउनु भयो ।  प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले अस्पतालमा आएका बिरामीहरुको उपचारका लागि अस्पताल स्वयमले सचेतनाका साथ काम गर्नु पर्ने बताउनुभयो । लकडाउनको मोडलमा भएको परिवर्तन संगै बैंक बित्तिय संस्था, तरकारी बजार, सरकारी कार्यालयहरु , आन्दोलन लगाएतका कार्यक्रम र क्षेत्र वढि जोखिममा रहेको उहाँले जानकारी दिनुभयो । 

पत्रकारको राम्रो सहयोग 
कोरोना भाईरसको रोकथाम र नियन्त्रणमा चितवनमा पत्रकारको सहयोग राम्रो रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो । 
प्रशासनले गरको हरेक कार्यक्रममा सहयोगी रुपमा भुमिका निर्वाह पत्रकार बाट भएको र आम मानिसमा सकारात्मक सन्देश प्रबहा  गर्न सहयोग गरेको भन्दै पत्रकारको प्रसंसा गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस