भोलिदेखि मोटरसाइकलमा जोर–बिजोर

सफल खबर संवाददाता

आइतबार, ३२ जेठ २०७७, १८ : २३
भोलिदेखि मोटरसाइकलमा जोर–बिजोर

काठमाडौं । भोलि सोमबारदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोरबिजोर प्रणाली लागू हुने भएको छ । 

यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो । 

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको जानकारी दिए । यस्तै निजी चारपांग्रे सवारीमा पनि जोरबिजोर नै लागू हुनेछ । 

बुधबारको मन्त्रिपरिषद् बैठकले निजी सवारी चल्न दिने निर्णय गरेको थियो भने सर्वसाधारणको आवागमनका साथै व्यापार व्यवसाय पनि खोलेको छ ।