काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाई नै आधार मान्नु न्यायोचित हुने सरोकारवालाले सुझाव दिएका छन् । सरकारले एसईईका विद्यार्थीको मूल्याङ्कन विद्यालयले गर्ने निर्णय गर्दै त्यसको कार्यविधि निर्माणको तयारी सुरु भएका बेला निजी शिक्षा सञ्चालकबाट यस्तो सुझाव दिइएको हो ।
विद्यालयले फेरि लिखित या भर्चुअल परीक्षा लिन सम्भव र व्यावहारिक नभएको अवस्थामा यसअघि लिएका परीक्षाका आधारमा विद्यार्थीको मूल्याङकन गरिनु नै सान्दर्भिक हुने सुझाइएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले विद्यालयले आफ्ना विद्यार्थीको मूल्याङ्कन गर्ने विषयलाई अतिरञ्जित बनाउने र दुरुपयोग गर्न नहुने बताए । यो बेला शिक्षक, विद्यालय र प्रधानाध्यापकको समेत परीक्षा हुने समय आएको उनको भनाइ छ ।
केही विद्यालयले परीक्षा लिने केहीले नलिने गर्नुभन्दा कक्षा १० को यसअघि सञ्चालित परीक्षाकै आधारमा अन्तिम निर्णय दिनुपर्ने उनको भनाइ छ । धेरै विद्यालयले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई प्रथम, दोस्रो र अन्तिम गरी तीन पटक परीक्षा लिने गरेको पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ३२ जेठ २०७७, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक