मोटरसाइकलमा जोर–विजोर लागु छैन : ट्राफिक महाशाखा

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०७७, १३ : १७
मोटरसाइकलमा जोर–विजोर लागु छैन : ट्राफिक महाशाखा

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलमा जोर विजोर प्रणाली लागु नरहेको स्पष्ट बनाएको छ । 

मोटरसाइकलमा जोर विजोर प्रणाली लागु गरिएको छैन । तर एक जनाभन्दा बढी चढेका मोटरसाइकललाई नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ता जीवन श्रेष्ठले जानकारी दिए । 

सरकारले लकडाउन खुकुलो पारेसँगै निजी सवारी साधनका लागि लागु गरिएको जोर विजोर मोटरसाइकलका हकमा लागु नहुने निर्णय अर्थमन्त्री युवराज खतिवडाले नियमित साप्ताहिक पत्रकार सम्मेलनमा बिहीबार जानकारी गराएका थिए । तर सर्वसाधारणमा केही अलमल रहेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस