काठमाडौँ । काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ आज मृत फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ डम्बर विष्ट मृत फेला परेको जानकारी दिनुभयो ।
घटना गएराति भएको हो । ज्ञवालीले प्रारम्भिक अनुसन्धानमा उनको आफ्नै हतियारबाट गोली लागेको देखिएको जानकारी दिनुभयो । आत्महत्या गरेको जस्तो देखिए पनि घटनाको अनुसन्धानपछि मात्रै एकिन जानकारी आउने प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । अघिल्लो महिना स्वयम्भूमा एक प्रहरी पनि यसैगरी गोली लागेको अवस्थामा मृत फेला परेका थिए ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० जेठ २०७७, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना