लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीवार सम्म विदेशमा अलपत्र परेका ५ सय भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार आजै मात्र कुवेत सरकारको सहयोगमा २९९ जना नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ति शिविरमा थप २ हजार ९ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दुतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।
अहिलेसम्म म्यानमारबाट २६ जना, खाडी मुलुक दुबईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना, जापानबाट ७ जना, कुवेतबाट २९९ जना गरि पछिल्लो समय ५ सय ११ जनालाई उद्धार गरिसकिएको संघले जनाएको छ । कोरोना भाइरसको संक्रमण पछि महिला, बालबालिका लगायत निकै कष्टकर अवस्थामा रहेका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले एनसीसी, कुवेत र युएईलाई ६ हजार डलर सहयोग गरेको थियो ।
अध्यक्ष पन्तले बााकी अन्य नेपालीको उद्धारको लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चाटर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । कोभिड १९ को प्रभावका कारणले मलेसिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा रहेका छन् ।
यस्तै संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार कोभिड १९ को ठूलो प्रभाव रहेका ११ मुलुकमा संघले करिब ७० लाख रुपैयााको आर्थिक सहयोग गरेको छ । यसअघि गैरआवासीय नेपाली नेपाली संघले अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारको लागि सहयोग गर्न आफ्ना विदेशस्थित शाखा (राष्ट्रिय समन्वय परिषद्) लाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०७७, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की