मुसिकोट । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार यसअघि पीडितले दिएको उजुरीका आधारमा फरार रहेका दुई र थप खुल्न आएका एक गरी तीन जनालाई पक्राउ गरिएको छ ।
फरार दुई जनालाई घटना घटेको १८ दिनपछि पक्राउ गरिएसँगै सो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि फरक–फरक समयमा २५ जनालाई पक्राउ गरेको थियो । अब सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या २८ पुगेको छ ।
पक्राउ परेका सबैलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ जेठ २०७७, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ