हेटौँडा । मकवानपुरमा ज्वाइँले सासुको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ ।
अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाको घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार पदमबहादुर नेपालीसमेत बस्दै आएका थिए । उनै नेपालीले धारिलो हतियार प्रहार गरेर सासुको हत्या गरेको र उनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीय कमला भोम्जनले जानकारी दिनुभयो ।
बिहान ४ बजेको समयमा धारिलो हतियारले आक्रमण गरी हत्या गरेको र होहल्ला भएपछि स्थानीयवासीले थाहा पाइ हत्यारालाई नियन्त्रणमा लिएको मकवानपुरगढी गाउँपालिका वडा नं १ का अध्यक्ष आइतसिंह लामाले जानकारी दिनुभयो ।
हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानासहितको प्रहरी टोली पुगेको र प्रहरीले हत्यामा संलग्न नेपालीलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाएको नायब उपरीक्षक रानाले जानकारी दिनुभयो । रानाका अनुसार पक्राउ परेका नेपालीले आफूले सासुको हत्या गरेको स्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ जेठ २०७७, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
दिल्लीमा युवतीको गोली हानी हत्या
देवरद्वारा भाउजूको हत्या
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा