काठमाडौं । सरकारले गत चैतमा हुनुपर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा नगर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयपछि एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण हुने भएको छ ।
ऊर्जामन्त्री वर्षमान पुनले एसईई परीक्षा यस वर्ष नगर्ने निर्णय भएको जानकारी दिए । उनले राजधानीसँग भने, ‘आन्तरिक मूल्यांकनलाई मान्यता दिने निर्णय भएको छ । यो वर्ष एसईई परीक्षा हुँदैन ।’
बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको हो । योसँगै विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् । सो अंकका आधारमा नतिजा सार्वजनिक हुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण प्रस्ताव गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डले यसअघि ६ चैत २०७६ देखि माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको थियो । तर, सरकारले कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । अहिले २ हजार बढी विद्यालय क्वारेन्टिनमा रूपान्तरण भएका छन् । विद्यार्थीमा परीक्षा सञ्चालन सन्दर्भमा अन्योलता छाएको थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ जेठ २०७७, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक