वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गर्नु भएको छ ।
कोविड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरु केही महिनादेखि स्थगित भएका छन् ।
राष्ट्रपति ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पास्र्कलले एक विज्ञप्ति प्रकाशन गरी चुनावी अभियानका लागि सबै तयारी पूरा भएको बताउनुभएको छ ।
उहाँले राष्ट्रपति ट्रम्पका चुनावी सभाहरु व्यापक र विशाल प्रकृतिका हुने तथा तिनीहरु विपक्षी पार्टी डेमोक्र्याटका उम्मेदवार जो बाइडेनले सोचेभन्दा भिन्न हुने बताउनुभयो ।
पछिल्ला चुनावी मतसर्वेक्षणमा राष्ट्रपति ट्रम्पभन्दा विपक्षी डेमोक्र्याट पार्टीका सम्भावित उम्मेदवार जो बाइडेन अगाडि देखिनु भएको छ ।
राष्ट्रपति ट्रम्पले बाइडेन विरुद्ध आक्रामक प्रचार अभियान थालनी गर्ने बताइसक्नु भएको छ ।
हालै, अमेरिकी राज्यहरुले कोरोनाभाइरस प्रसार रोक्न जारी गरेका लकडाउन र अन्य नियमहरुका कारण मानिसलाई भेला हुन कठिन थियो । अमेरिकामा कोरोनाभाइरसका कारण एक लाख १० हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस संक्रमित छन् । (रासस–एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ जेठ २०७७, १८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल
युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
युक्रेनबारे ट्रम्प–पुटिन भेटवार्ता आज
ट्रम्प-पुटिन वार्ता हुनुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग बैठक
ट्रम्प–पुटिन भेटवार्ता हुने निश्चित, युक्रेन युद्ध अन्त्यबारे छलफल हुने
अमेरिकामा रुसी रसायन र किटनाशक औषधि आयातबारे केही थाहा छैन : ट्रम्प