आज बस्ने मन्त्रिपषिद बैठकले लकडाउन खुकुलो पार्नेबारे निर्णय गर्छ : प्रधानमन्त्री

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०७७, १२ : ५४
आज बस्ने मन्त्रिपषिद बैठकले लकडाउन खुकुलो पार्नेबारे निर्णय गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने मन्त्रिपषिद बैठकले लकडाउन खुकुलो पार्ने र जनजीवन सामान्य अवस्थामा फर्काउन आज बस्ने मन्त्रिपरिषद बैठकले महत्त्वपूर्ण निर्णय गर्ने बताएका छन् । 

विनियोजित विधेयक २०७७ माथि सांसदहरुले राखेको प्रश्नको मंगलबार प्रतिनिधिसभामा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले कोरोना परीक्षण गर्न निजी क्षेत्रका अस्पताललाई दिने विषयको निर्णय पनि मन्त्रिपरिषद बैठकले गर्ने जानकारी दिए । 

‘लकडाउनकै सरलीकरण गर्ने विषय अथवा जनतालाई सजिलो बनाउने विषयमा, निजी क्षेत्रलाई टेस्टहरु गर्न दिइयोस् भन्ने विषय, विद्यार्थीहरुले, युवाहरुले झेल्नुपरेका समस्यालाई कसरी समाधान गर्छौ र शिक्षा क्षेत्रलाई कसरी सहज बनाउन सकिएला भन्ने विषयमा यसपछि बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्दैछ’ प्रधानमन्त्रीले जवाफ दिने क्रममा भने । उनले थुप्रै कुराहरुलाई समयक्रमअनुसार सहजीकरण गर्ने भन्दै कतिपय पार्टी या विज्ञहरुले दिएको सुझावका आधारमा सरकार अघि बढ्ने बताए । ‘खाली उपचार, क्वारेन्टिन, आइसोलेसन, भ्यान्टिलेटरको मात्र कुरा नभई समाजिक क्षेत्रका विभिन्न पक्षलाई सहज बनाउन सकिने विषयमा ठोस निर्णय गर्नेछ’ प्रधानमन्त्रीको भनाई छ ।