विदेशबााट ५० हजार इच्छुक, २४ हजारलाई फर्काउन सिफारिस

पत्रपत्रिकाबाट

बुधबार, २८ जेठ २०७७, ०८ : २०
विदेशबााट ५० हजार इच्छुक, २४ हजारलाई फर्काउन सिफारिस

फाईल फोटो

काठमाडौं । कोरोना भाइरसको सङ्कटका कारण नेपाल फर्कन चाहनेहरू विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएका छन् । जसमध्ये प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई मात्र फर्कन पाउने सिफारिस गरेको छ ।

भिसा अवधि समाप्त भएका, श्रम करार सकिएको, तालिम तथा भ्रमणमा गएका, काजकिरियामा आउनुपर्ने, बिरामी तथा वृद्धवृद्धा तथा अशक्त रहेका र आममाफी पाएर फर्कन खोजेकालाई पहिलो प्राथमिकतामा राखेर फर्कने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस