रुपन्देही सामूहिक हत्याकाण्ड : यस्तो छ घटना विवरण

पत्रपत्रिकाबाट

बुधबार, २८ जेठ २०७७, ०७ : ५३
रुपन्देही सामूहिक हत्याकाण्ड : यस्तो छ घटना विवरण

काठमाडौं । रुपन्देहीको तिलोत्तमा १० मेनीहवाका आशिष चौधरी र करण चौधरी स्थानीय एक स्कुलका कक्षा ८ का विद्यार्थी हुन । स्थानीय जनहित माविबाट दुवै जनाले कक्षा ८ को परीक्षा दिएका थिए । तर लकडाउनका कारण नयाँ किताव कापी बाकेर नयाँ कक्षामा पढ्न जाने धोको पुरा गर्न पाएनन् ।  

मैनिहवाको गंगादेवि पशुपंक्षी फार्ममा सोमबार ५ जनाको विभत्स हत्या भयो । जसमा मैनिहवाका १७ वर्षे आशिष चौधरी र करण चौधरीसगै भैसी फार्ममा कार्यरत ४० वर्षे माधव मुसहर उनकी श्रीमती ३७ वर्षे जानकी मुसहर,१४ वर्षे पोखराज मुसहर थिए । माधव र जानकी श्रीमान श्रीमती हुन ।

उनीहरु विगत दुई वर्षदेखि सोही फार्ममा कार्यरत रहेको फार्मका संचालक रामबहादुर पुनले बताए । १४ वर्षीय बालक पोखराज मुसहरलाइ भने सानैदेखि अनाथ भएकाले आफुहरुले परिवारको सदस्यलाइ जस्तै गरी पालेको पुनले बताए ।  

आषिस र करण फार्मका कामदार होइनन । उनीहरुको घर मैनीहवामै छ । दुवै जना पोखराजको साथी भएकाले उनीहरु बेला बेलामा भेट भइरहन्थे । लकडाउनले लामो समय स्कुल छुट्टी भएकाले घरमा दिनभर घर बस्दा बोर भएको भन्दै आशिष करणले पोखराजालाई भेट्ने निहुँमा मोवाइल चलाउन फार्ममा आउने गरेको स्थानीयले बताएका छन् ।

‘साँझमा आफ्नै घरमा बस्नु पर्छ जाउ भनेर धेरै पटक सम्झाउथे । तर काम सकेर म घर गएपछि उनीहरु कहिले काँही यही सुत्ने रहेछन’ रामबहादुरले भने । सोमबार साँझ पनि आषिस र करण घर गएनन् । फार्ममै  बसे । फार्मका अर्का सचालक कुष्णबहादुर पुनले आफू सोमबार साँझ ७ बजेपछि गोठको सबै चाँजोपाँचो मिलाएर खाना खान घर गएको बताए ।

फार्ममै कार्यरत एक जना पक्राउ सोधपुछ जारी
|घटनास्थाल नजिकै परालमा लुकेको अवस्थामा प्रहरीले फार्ममै कार्यरत सुर्खेतका झसेन्द्र सिजालीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिदा उनी बेहोस अवस्था रहेको भनिएको छ । झसेन्द्रको क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले प्रारम्भिक सोधपुछ गर्ने प्रयास गरेपनि  झसेन्द्रले आफूलाई मानसिक रोगी जस्तो गरी प्रस्तुत गरीरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताए । ‘उसले घरी हो मैले मारेको हुँ पनि भन्छ घरी हैन भन्छ । घरी टोलाए झै गर्छ त्यसैले अहिले नै  आधिकारीक रुपमा यही हो भन्ने निश्कर्षमा पुग्न मिल्दैन’ एसपि थापाले भने ।

एसएसपि बैदवारको संयोजकत्वमा छानबिन समिति गठन
मैनिहवाको समूहिक हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश प्रहरीले गठन गरेको छानबिन समितिले मंगलबारै घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको छानबिनका लागि  बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदबारको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरीएको थियो ।

छानबिन टोलीले मंगलबारै दिउँसो घटनास्थालको अनुसन्धान गर्नुका साथै स्थानीय संगको सोधपुछ सगै जिल्लाको सुरक्षा निकायसंग पनि छलफल गरेको एसएसपि बैदवारले नागरिकलाई बताए ।

प्रतिक्रिया दिनुहोस