क्वारेन्टिनमा मर्नेहरुको जिम्मा कसले लिन्छ ? : गगन थापा

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०७७, १४ : ४१
क्वारेन्टिनमा मर्नेहरुको जिम्मा कसले लिन्छ ? : गगन थापा

फाइल फाेटाे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले मंगलबार प्रतिनिधि सभामा बोल्दै क्वारेन्टिनमा मर्नेहरुको जिम्मा कसले लिन्छ ? भनी सरकारलाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले नेपालभन्दा बाहिर १२७ जना र नेपालभित्र १४ जनाको मृत्यु भइसक्दा पनि सरकार गम्भीर नभएको बताए । यो अवधिमा भोक, आषधि खान नपाएर मात्र होइन क्वारेन्टिनमा समेत मानिसहरुको मृत्यु भएको भन्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले यसको जिम्मा कसले लिन्छ ? भनेर प्रश्न गरेका हुन् ।

स्थिति नियन्त्रणमा हुँदा पनि सरकारले काम गर्न नसकेको उनको आरोप छ । उनले अघि भने, ‘सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकार, सरकारको अकर्मण्ड्यता र असक्षमताको कारणले आज हामीले यो अवस्था बेहोर्नुपरेको छ ।’

सरकारले अब कोरोनाबाट पार लगाउँदैन भन्ने निष्कर्षमा कांग्रेस पुगेको समेत उनले बताए । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले भने, ‘अब हामी सहयोग गर्छौं, सहयोग गर्छौ भनेर मात्र बस्दैनौं,’ उनले भने, ‘अब हामी प्रश्न गर्छौं-उत्तर चाहन्छौं र सरकारलाई जवाफदेही बनाएर छाड्छौं ।’

कोरोना नियन्त्रणका लागि सरकारले खर्च भएको भनेको १० खर्ब कहाँ गयो रु भनेर उनले सोधेका छन् । एकएक हिसाबकिताब चाहिने भन्दै उनले अगाडि भने, ‘यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने रु यो निर्लज्ताको पराकाष्टा हो ।’

क्वारेन्टिनको व्यवस्थापन उचित नभएको भन्दै उनले प्रश्न गरे, ‘यो क्वारेन्टिन हो कि मान्छे मार्ने कन्र्सनट्रेसन क्याम्प हो । हामीलाई जवाफ चाहिन्छ ।’ पीसीआर टेस्टको दायरा बढाउ भनेर सबैले बुझाव दिएको बेला सरकारले साँघुरो दायरा बनाएको भन्दै उनले भने, ‘बरु टेस्ट गर्न नै बन्द गर्ने र कोरोनामुक्त भनिदिए हुन्छ किनकि टेस्ट नगरेपछि संक्रमण देखिँदैन ।’

आफूहरुले उठाएको प्रश्नको उच्चस्तरीय समन्वय समितिका संयोजकले जवाफ दिनुपर्ने र त्यसले चित्त नबुझे प्रधानमन्त्री आउनुपर्ने सांसद थापाले बताए ।

प्रतिक्रिया दिनुहोस