भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको कोरोना रिपोर्ट नेगेटिभ

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०७७, १३ : ४५
भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको कोरोना रिपोर्ट नेगेटिभ

फाइल फाेटाे

काठमाडौँ । आइतबार भक्तपुर अस्पतालमा मृत्यु भएकी एक सुत्केरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 

उनमा कोरोना संक्रमणको आशंका गर्दै स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको मंगलबार नेगेटिभ रिपोर्ट आएको अस्पताल स्रोतले जनाएको छ । 

सिन्धुपाल्चोक लिसङखुपाखर गाउँपालिका स्थायी घर भइ  हाल चाँगुनारायण नगरपालिका– २, पुरानो झौखेल बस्ने ती महिलाको बच्चा जन्माएको केही समयमै  आइतबार राति मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस