लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीहरुको लागि आर्थिक सहयोगको दायरालाई बृद्धि गरेको छ ।
गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईमा अप्ठ्यारोमा परेका नेपाली गर्ववती महिला तथा वालवालिकाहरुको लागि थप आर्थिक सहयोग गर्ने भएको हो ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिवार सम्पन्न पदाधिकारी बैठकले कोभिड १९ बाट पिडित गैरआवासीय नेपालीहरुलाई तेश्रो चरणअन्तर्गत कुवेत र युएईमा ६, ६ हजार डलर, फ्रान्समा र डेनमार्कमा रहेका नेपालीहरुको लागि २ हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।
संघले हाल सम्म विदेशमा कोभिड पिडित नेपालीको लागि ६६ लाख रुपैयाँ सहयोग गरेको छ ।
श्रेष्ठका अनुसार संघले आवश्यक परेमा कोरोना भाइरसका कारणले समस्यमा परेका नेपालीहरुकालागि अन्य देशमा पनि संघले आर्थिक सहयोग गर्दे जाने नीति लिएको छ ।
यसअघि संघले मलेसिया, बहराईन, स्पेन, पोर्चुगल,ईटाली, माल्टा, कुवेत, युएइ, सउदी अरब र साईप्रसमा कोरोनाबाट प्रभावित नेपालीहरुको लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०७७, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की