लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीहरुको लागि आर्थिक सहयोगको दायरालाई बृद्धि गरेको छ ।
गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईमा अप्ठ्यारोमा परेका नेपाली गर्ववती महिला तथा वालवालिकाहरुको लागि थप आर्थिक सहयोग गर्ने भएको हो ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिवार सम्पन्न पदाधिकारी बैठकले कोभिड १९ बाट पिडित गैरआवासीय नेपालीहरुलाई तेश्रो चरणअन्तर्गत कुवेत र युएईमा ६, ६ हजार डलर, फ्रान्समा र डेनमार्कमा रहेका नेपालीहरुको लागि २ हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।
संघले हाल सम्म विदेशमा कोभिड पिडित नेपालीको लागि ६६ लाख रुपैयाँ सहयोग गरेको छ ।
श्रेष्ठका अनुसार संघले आवश्यक परेमा कोरोना भाइरसका कारणले समस्यमा परेका नेपालीहरुकालागि अन्य देशमा पनि संघले आर्थिक सहयोग गर्दे जाने नीति लिएको छ ।
यसअघि संघले मलेसिया, बहराईन, स्पेन, पोर्चुगल,ईटाली, माल्टा, कुवेत, युएइ, सउदी अरब र साईप्रसमा कोरोनाबाट प्रभावित नेपालीहरुको लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०७७, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री प्रचण्ड र एनआरएनए अभियन्ताबिच भेट, कतारका अमिरको भ्रमणको विषयमा छलफल
एनआरएनएलाई नियमित बाहेकका काम नगर्न परराष्ट्रको पत्र
एनआरएनएको बद्री पक्षलाई कुँवरको चेतावनी
एनआरएनएको आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत
विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ
प्रधानमन्त्रीसँग एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टाेलीद्वारा भेटवार्ता