काठमाडौँ । गण्डकी प्रदेश सभाको आजको बैठकले गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक पारित गरेको छ ।
बैठकमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले विधायन समितिको प्रतिवेदन सहित विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो । यसअघि विधेयक माथि सदस्यले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री लम्सालले आजको युग विज्ञान प्रविधिको युग भएको बताउँदै यसको अभावमा समृद्धि र विकासका लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो ।
विज्ञान तथा प्रविधि विना समृद्धि असम्भव भएको बताउँदै प्रदेश सरकारले आफ्नो प्रथम पञ्चवर्षीय योजनामा यसलाई प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो । प्रदेशमा विज्ञान प्रविधिको आविष्कारका लागि विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै मन्त्री लम्सालले यसका माध्यमबाट समुन्नत प्रदेश निर्माणसँगै रोजगार अभिवृद्धि लगायतमा महत्वपूर्ण उपलब्धि हासिल हुने धारणा राख्नुभयो ।
बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी र अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले समितिका वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभएको थियो । अर्को बैठक असार १ गते दिउँसो ४.०० बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ जेठ २०७७, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता