काठमाडौं । विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलाइन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्ययन प्राधिकरणले कूटनीतिक माध्यमबाट हुनेबाहेक चार्टर उडान रोकेको छ ।
प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले शनिबार साँझ सूचना जारी गर्दै चार्टर उडानलाई रोकेको हो ।
सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानलाई रोक लगाएको थियो । तर सरकारसँग अनुमति नलिइ टिकट विक्री गर्दै चार्टर उडान हुन थालेपछि मन्त्रालयले शनिबार प्राधिकरणलाई चार्टर उडनमा कडाइ गर्न निर्देशन दिएको थियो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ जेठ २०७७, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुबई र रियादमा हुने क्याथे प्यासेफिकको उडान स्थगित
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने