अर्घाखाँचीमा थप एक जनामा संक्रमण पुष्टि , कूल सख्या ५ पुग्यो

सफल खबर संवाददाता

आइतबार, २५ जेठ २०७७, ०८ : १८
अर्घाखाँचीमा थप एक जनामा संक्रमण पुष्टि , कूल सख्या ५ पुग्यो

बुटवल। अर्घाखाँचीमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित त्यअर्घाखाँचीमा संक्रमितको संख्या ५ जना पुगेको छ ।    जिल्लाको छत्रदेव  छत्रदेव गाउँपालिका वडा न ५ छत्रगञ्जको क्वारेन्टाइनमा रहेका  ४९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार संक्रमित ब्यक्ति भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए । यसभन्दा अगाडि पाणिनी गाउँपालिका पालीको क्वारेन्टाईनमा रहेका दुई जना र शितगंगा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको थियो भने भूमिकास्थान नगरपालिकाका एक युवकको भारतबाट घर फर्किने क्रममा बसमा निधन भएको थियो  ।

नको पिसिआर रिपोर्ट  पोजेटिभ आएको थियो। शनिवार कोरोना संक्रमित  भएका व्यक्तिलाई आजै सदरमुकाम सन्धिखर्कको आईसोलेशनमा पठाइएको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस