एजेन्सी । विश्वव्यापी रुपमा कोरोना भाइरसले महामारीको रुपमा लिईरहदा छिमेकी मुलुक भारतमा भने लकडाउन खुकुलो पारिएको छ । लकडाउन खुकुलो पारिएसंग कोभिड १९ को संक्रमण दर झनै तिब्र बनेको छ । पछिल्लो वितेको २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
भारतिय संचारमाध्यमका अनुसार त्यहाँ शुक्रबार मात्रै एकै दिनमा ९ हजार ८ सय ८७ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । यस्तै शुक्रबार एकै दिन कोभिड–१९ बाट २ सय ९४ जनाले ज्यान गुमाएका छन् । भारतमा हालसम्म २ लाख ३६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
यस्तै ज्यान गुमाउनेको कुल संख्या ६ हजार ६ सय ४२ पुगेको छ । यस्तै अहिलेसम्म १ लाख १४ हजार भन्दा बढी संक्रमण मुक्त भएका छन् । भारतमा अहिले लकडाउन खुकुलो पारिएसंगै जनजीवन सामान्य तर्फ फर्किन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ जेठ २०७७, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि