काठमाडौँ । अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच “झुठो द्वन्द्व” सिर्जना गर्ने किसिमको बताउनु भएको छ ।
सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा गर्नु भएका म्याटिसले भन्नुभयो, “मैले यो साताका घटनाक्रमलाई नियालीरहेको छु, र यसबाट मलाई क्रुद्ध बनाएको छ ।”
राष्ट्रपति ट्रम्पका विरुद्धमा यसअघि उहाँले कुनै पनि प्रतिक्रिया दिन चाहनु भएको थिएन । तर प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोएडको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनबीच म्याटिसले आफ्नो भनाई सार्वजनिक गर्नु भएको हो ।
म्याटिसको भनाई सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्व दिइएको प्रतिक्रिया दिनुभयो । उहाँले मलाई म्याटिसको नेतृत्व गर्ने शैली बिल्कुलै चित्त बुझेको छैन भन्नुभएको छ ।
म्याटिसले अगाडि भन्नुभएको छ, “डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकताबद्ध गराउन कहिल्यै प्रयास गरेको मैले पाइनँ । उहाँ हामीलाई विभाजन गर्न चाहनु हुन्छ । हामीले तीन वर्षदेखि यही शैली पाएका छौं । हामीले ट्रम्पबाट परिपक्व नेतृत्व नै पाउन सकेनौं ।”
म्याटिसले ट्रम्प बाहेक अरु अमेरिकीहरु एकताबद्ध हुन पनि आह्वान गर्नु भएको छ । प्रदर्शनकारीका बारेमा प्रतिक्रिया दिँदै म्याटिसले ठूलो संख्याका नागरिकले कानुन बमोजिम समान न्याय पाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २२ जेठ २०७७, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पले भने : 'यो दुःखद हो
आप्रवासीहरूलाई अफ्रिकी तथा युरोपेली देशहरूमा निष्कासन गर्ने ट्रम्पको योजना
चिनियाँ सामान माथिको ट्यारिफ घटाउँछु : ट्रम्प
तेस्रो कार्यकालमा रुचि छैन : राष्ट्रपति ट्रम्प
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्ज बर्खास्त
ट्रम्पको व्यापार नीतिहरूमाथि छलफल गर्न ब्रिक्स बैठक हुँदै