विश्व

किन बन्यो चीन अमेरिकाको एक नम्बर दुस्मन ?

एजेन्सी

आइतबार, १३ फागुन २०७४, १३ : ३०
किन बन्यो चीन अमेरिकाको एक नम्बर दुस्मन ?

विश्लेषकहरूले अनुमान गरेभन्दा कैयौँ बढी गतिमा चिनियाँ सेनाको आधुनिकीकरण भइरहेको छ । इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिज अर्थात् आईआईएसएसका विशेषज्ञहरूले अहिले के भनेका छन् भने अब अमेरिका आफ्नो सेनाको चुनौती रुससँग होइन, चीनसँग हुनेछ, खास गरेर समुन्द्रमा र हावामा । चीनको जल र वायु सेना अमेरिकालाई टक्कर दिने तयारीमा छ ।

यद्यपि स्थल सेनाको कुरा गर्ने हो भने अमेरिका अहिले पनि दुनियाँभरीमा आफ्नो प्रतिस्पर्धा रुससँग नै मान्छ । पछिल्ला केही वर्षहरूमा के भयो भने चिनियाँ सेनाको कायाकल्प हुन गइरहेको छ । चिनियाँ सेना पहिले पनि विश्वमा सबैभन्दा शक्तिशाली सेनामा सामेल थियो, तर चीन आफ्नो असली प्रतिद्वन्द्वी रुसी सेनालाई नै मानिरहेको छ, यसमा कुनै शङ्का छैन ।
यस्तो होइन, १९५९ बाट विश्वभरीका देशहरूमा सैन्य तयारीमा हुने खर्चमाथि निगरानी राख्ने संस्था आईआईएसएसका विशेषज्ञहरूको नै यस्तो राय छ, दोस्रो कैयौँ जानकारहरूको पनि मान्यता यही छ ।

विशेषज्ञहरूको के मान्यता छ भने चिनियाँ सेनाको आधुनिकीकरण र प्रविधिक दक्षताको कुनै मुकावला छैन । चिनियाँ सेनाको केही उपलब्धिहरूलाई हेर्यौँ भने लामो दूरीसम्म मार हान्ने मिसाइलदेखि फिफ्थ जेनरेसनका लडाकु विमानसम्म छन् । पछिल्ला वर्ष चीनले समुन्द्रमा आफ्नो ताकत बढाउने एक अर्को काम जङ्गी जहाज टाइप–५५ क्रुजरको निर्माण गर्यो ।

समुन्द्र र वायुमा शक्तिशाली
चीनले एक अर्को विमानबाहक पोत तयार गरिरहेको छ । मिल्ट्री कमान्डको आफ्नो पूरा ढाँचा पनि बनाइरहेको छ, किनभने एक यस्तो मुख्यालय तयार हुन सकोस्, जसमा सेनाको सबै शाखाहरू सामिल हुन् ।

तोपबाट गोला हान्ने कुरा होस् वा मिसाइल, हवाइ कवचको कुरा होस् अथवा जमिनमा हमला गर्ने होस्, एसियाको यस महाशक्तिसँग हरेक हतियार छन्, जसले कुनै पनि दुस्मनलाई चुनौती दिन सक्छ । विश्वको सबैभन्दा हमलावार र शक्तिशाली देश अमेरिका भए पनि उसलाई चीनले कडा टक्कर दिनेछ ।
१९९० को दशकमा चीनले आफ्नो सेनालाई शक्ति बढाउनका लागि रुसबाट प्रविधि भित्र्याएको थियो । यसपछि चीनको नौसेनाले पनडुब्बीहरूको बढाउने निर्णय गर्यो ।

चीन आफ्नो हवाई शक्ति बढाउनका लागि आफ्ना जखिरामा एक अरू लडाकु विमान समावेश गर्न तयार छ । चीनको सरकारको भनाइ के छ भने जे–२० विमान चीनको सीमाको रक्षा गर्न लाग्ने छ ।
यद्यपि जे–२० को मार क्षमतालाई लिएर आईआईएससका जानकारहरूलाई शङ्का छ । यो वर्ष प्रकाशित आईआईएसएसको रिपोर्ट भन्छ– ‘चीनको वायुसेनालाई अहिले यो नयाँ जेटलाई निरन्तर विकसित गर्न आवश्यक छ । किनभने चौथी पिँढीको यो लडाकु विमानको फिफ्थ जेनरेसनको लडाकू विमान बनाउन सकियोस् ।’

रिपोर्टमा भनिएको छ– ‘चीनको विकास कसैबाट लुकेको छैन । उसले यो जेटलाई आफ्नो वायुसेनामा सामेल गर्न सक्छ, किनकि वायुमा मार गर्ने मिसाइल उसको मारक क्षमता पश्चिमी देशहरूको बराबर हुनेछ ।’ अमेरिका र उसका सहयोगी शीतयुद्धको समयदेखि नै आफ्नो वायु सेनाको शक्ति बढाउनमा जुटेका छन् । यही समय उनले आफ्ना केही जङ्गी जहाज पनि गुमाएका छन् ।
चीन, वायुबाट वायुमा मार गर्ने मिसाइल विकसित गरिरहेको छ, जसले ट्याङ्कर र कमान्ड एन्ड कन्ट्रोल एयरक्राफ्टलाई ध्वस्त गर्न सक्छ ।

चीनले सन् २०२० सम्म यस्तो मिसाइल तयार गर्ने जानकारहरूको बुझाइ के छ  । यो खबरले अमेरिका र उसका सहयोगी डराउनु स्वभाविक हो र उनी चीनको यो रणनीतिको मूल खोज्न बाध्य हुनेछन् । उनले नयाँ प्रविधि त तयार गर्नु नै पर्ने छ, वायुमा आफ्नो मारक क्षमता बढाउन पनि काम गर्नुपर्ने छ ।

आश्चर्य त के छ भने समुन्द्र र वायुमा चीनको सेना जति शक्तिशाली रूपमा अगाडि बढिरहेको छ, जमिनमा त्यसको विकासको गति त्यस्तो छैन । आईआईएसएसका अनुसार स्थल सेनालाई अत्याधुनिक बनाउनका लागि जस्तो किसमको हतियार चाहिन्छ, चीनसँग केवल यसको आधा मात्र छन्, यति हुँदा पनि चीनले यो क्षेत्रमा धेरै विकास गरेको छ ।

चीनले सेनाको प्राविधिका लागि सन् २०२० लाई लक्ष्य बनाएको छ । यसलाई चीनले इन्फर्मेसन नाम राखेको छ । यो शब्दको अर्थ के हो, स्पष्ट त छैन तर चीन लडाइँमा इन्फर्मेसनको भूमिकालाई निरन्तर निगरानी गरिरहेको छ र आफ्नो अवस्थाअनुसार अवश्यक परिवर्तनको साथ अपनाउन चाहन्छ ।

अब यो सैन्य शक्तिको आडमा चीनको रणनीति सफा छ– यदि अमेरिकासँग लडाइँ भएमा सम्भव भएसम्म त्यसलाई आफ्नो सीमाभन्दा टाढा राखियोस् र लडाइँको मैदान प्रशान्त महासागरमा बनाइयोस् । सैन्य शब्दावलीमा भन्ने हो भने दुस्मनलाई आफ्नो इलाकामा आउन दिनुहुन्न र लडाइँ त्यही ठाउँमा लड्नुपर्छ जहाँ दुस्मन कमजोर छ र तपाईं दुस्मनमाथि भारी होस् ।

निर्यातमाथिको ध्यान
तर चीनको यही मात्र एक लक्ष्य छैन । चीन विश्वलाई सैन्य सामान पनि बेच्न चाहन्छ र यस मामलामा पनि यसले अमेरिकालाई पछाडि छोड्न चाहन्छ  चीनको लक्ष्य एकदम सफा छ । उसले अमेरिकाको नजिक नभएका देशहरूलाई सैन्य प्रविधिको निर्यात गर्नेछ । चीन आफ्नो ड्रोन प्रविधि अधिकभन्दा अधिक देशहरूलाई बेच्ने मनसाय राख्छ ।

यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने अमेरिकाले आफ्नो ड्रोन प्रविधि कुनै पनि देशलाई दिन चाहँदैन । हो, नेटोमा अमेरिकाको सहयोगी बेलायत र फ्रान्स यस विषयमा अपवाद हुन । चीनले ड्रोनको निर्यातको बारेमा कुनै नीति त बनाएको छैन र उसले विश्वभरीमा सैन्य प्रदर्शर्नीमा आफ्नो ड्रोनको प्रदर्शन गरेको छ । आईएसएसका अनुसार चीनले मिश्र, नाइजेरिया, पाकिस्तान, सउदी अरब र बर्मालाई ड्रोन बेचेको छ ।

परिणाम के होला ?
अब ड्रोनको विषयमा नै हेरौँ । अमेरिकाले के नीति बनाएको छ भने उसले आफ्नो ड्रोन प्रविधिलाई अन्य कुनै पनि देशलाई नबेच्ने, तर यसको विपरीत चीनले आफ्नो ड्रोन प्रविधिलाई अरू देशलाई बेच्न आतुर छ भनी घोषणा गर्यो ।

यद्यपि अब अमेरिका र उसका सहयोगी देश सैन्य हतियारलाई बेच्ने मामलामा चीनको आफ्नो दुस्मन नम्बर एक मान्ने छन् । यस्तो एक दशक पहिलासम्म थिएन र त्यो समयमा अमेरिका रुसलाई नै आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मान्थ्यो ।

राम्रो र गुणस्तरीय सामानको मामलामा चीनलाई गम्भीर रूपमा लिइँदैन थियो, यो धेरै पुरानो कुरा होइन तर आजको वास्तविकता के छ भने चीनका हतियार अमेरिका र अन्य पश्चिमा देशको गुणस्तरमा मात्र होइन, मूल्यमा पनि दबाब दिइरहेको छ । चीनको के दाबी गरेको छ भने यस्ता ७५ प्रतिशत हतियारलाई उसले पश्चिमा देशहरूको तुलनामा आधा मूल्यमा बेच्छ । यसको प्रविधि पश्चिमी देशलाई चुनौती दिने बराबरको छ ।(जोनाथन मार्कस/बीबीसी)

प्रतिक्रिया दिनुहोस