काठमाडौँ । नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव भोलिबाट क्रमशः हट्दै जाने जानकारी दिनुभयो । हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा भएको छ ।
धेरैसजो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव छ डिग्री र अधिकतम तापक्रम २७ दशमलव चार डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव एक डिग्री सेल्सियस रहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ जेठ २०७७, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध
भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न