काठमाडौं । अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा छ जनाको ज्यान जाने गरी भएको घटनाको थप अनुगमन तथा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुकुम तथा जाजरकोटतर्फ प्रस्थान गरेको छ ।
यसअघि राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालको सहकार्यमा गठित जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले उक्त घटनाको सम्बन्धमा प्रारम्भिक अनुगमन गरेको थियो ।
आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईँको नेतृत्वमा रहेको आयोगको टोलीले उक्त घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवम् शान्तिसुरक्षाको कार्य सम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने प्रवक्ता वेद भट्टराईले जानकारी दिए ।
आयोगले जातीय विभेदसँग सम्बन्धित उक्त घटनालाई कुनै पनि पक्षले तरङ्गित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग पु¥याउन पनि सरोकारवालासँग अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०७७, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अधिकार आयोगले जेनजी आन्दोलनको प्रतिवेदन अझै तयार पार्न सकेन
राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
हिरासतका समस्या समाधान गर्न गम्भीर बन्न सरकारलाई मानव अधिकार आयोगको आग्रह
शान्ति सुरक्षा बलियो बनाउन र संयमित रहन आयोगको आग्रह
मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी
शान्ति सुरक्षा मजबुत बनाउनू: मानव अधिकार आयोग