काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपालको संविधानको अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको शनिबार राति अबेरसम्म भएको बैठकले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुराबाट बग्ने काली (महाकाली) पूर्वको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको दोहो¥याउँदै सो निर्णय गरेको हो ।
सरकारले हालै ती भूभाग समावेश गरी जारी गरेको नेपालको नयाँ नक्शानुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको निशान छापभित्र अंकित नक्शालाई नेपालको वास्तविक सीमानुरुप मिलाउन यही जेठ ९ गते संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।
काँग्रेसले विगतमा आफ्नो पार्टी नेतृत्वका सरकारहरुले भारतीय पक्षसँग भएको हरेक औपचारिक÷अनौपचारिक वार्तामा सो भूभागका सम्बन्धमा स्पष्ट धारणा राख्दै आएको समेत अवगत गराएको छ । बैठकले पार्टी सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको सरकारले अघिल्लो संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्नसमेत संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०७७, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा काँग्रेसले पनि जनायो असहमति
माओवादीले दुःख दिएको भन्दै अमेरिकाका लागि फर्जी कागजात बनाउने काँग्रेसको निगरानीमा
काँग्रेसले भन्यो-‘संसदीय समितिले दिएको प्रतिवेदनको मर्म अनुसार पार्टीले रामहरिबारे निर्णय लिन्छ’
भिसाका नाममा विपक्षी दलहरूले संसदको दुरुपयोग गरेको भन्दै काँग्रेसले जनायो गम्भीर आपत्ति
कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु
काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित