भारतीय नागरिक जर्बजस्ती नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले गर्यो हवाई फायर..

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०७७, ११ : २६
भारतीय नागरिक जर्बजस्ती नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले गर्यो हवाई फायर..

काठमाडौँ । भारतिय नागरिक जर्बजस्ती नेपाल प्रवेश गर्न खोज्दा दशगजा क्षेत्रमा शसस्त्र प्रहरी र भारतिय नागरिक बिच झडप हँदा हवाई फायर गरिएको छ ।

सर्लाहीका विष्णु गाउँपालिका पकडीस्थित दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । से क्रममा शसस्त्र प्रहरीले स्थिती सामान्य बनाउन हवाई फायर गरेको थियो । सो झडपको क्रममा मानवीय नभएको प्रहरीले जनाएको छ । 

३०–४० जनाको भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर समेत गरेको छ । भारतीय नागरिकको समूहले हुल बाँधेर प्रहरीको हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गरिएको सशस्त्रका प्रवक्ता प्रविण कुमार श्रेष्ठले जानकारी दिए ।

भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस