कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ ।
घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर गौरीगङ्गा–८ का १८ वर्षीय भुवन बोहराको मृत्यु भएको छ भने सोही ठाउँकी ४० वर्षीया दुर्गा मन्नी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
बोहराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको र घाइते मन्नीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । (रासस)


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १७ जेठ २०७७, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु