महानगरको सबै वडामा समानुपातिक ढंगले विकास निर्माणका काम अगाडी बढाएका छौं : महानगर प्रमुख रेनु दाहाल

साईकल लेन सहित नमुना सडकको शिलान्यास

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, ११ : ५६
महानगरको सबै वडामा समानुपातिक ढंगले विकास निर्माणका काम अगाडी बढाएका छौं : महानगर प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगर भित्र महानगरपालिकाले समानुपातिक ढंगले सबै वडामा विकास निर्माणको काम अगाडी बढाएको बताउनुु भएको छ । भरतपुरको वडा नं. ७ स्थित हेल्थ पोष्ट देखि प्रेम बस्ती चौक सम्म साईकल लेन सहितको सडक निर्माणको सनिवार शिलान्यास गर्दै उहांले सो कुरा बताउनुभएको हो ।

सबै वडामा समानुपातिक ढंगले  प्राथमिकताका अधारमा विकास निर्माणका काम अगाडी बढाएको कुनै पनि वडामा जाँदा जनताको असन्तुष्ति सुन्न नपरेको उहाँले बताउनुभयो । शिलान्यास गरिएको सडक तोकिएकै समय भित्र निर्माण हुने र यो महानगरकै नमुना सडक हुनेबताउदै  महानगरपालिका भित्र ३ वर्ष यता धरै विकास निर्माणका काम भएको बताउनुभयो ।  महानगरपालिकाको वडा नं. ७ र ९ मा साइकल लेन निर्माण कार्यको लागि ठेक्का सम्झौता भइसकेको छ । महानगरपालिका सिनियर डिभिजन इन्जिनियर रत्न लामिछानेले वडा नं. ९ मा २ करोड २५ लाख इस्टिमेट भएको छ भने वडा नं. ७ मा ३ करोड ६४ लाख रुपियाँको ठेक्का सम्झौता भएर काम सुरु भएको छ ।

काम पूरा हुदा ९ करोड भन्दा धेरै लाग्ने अनुमान गरिएको छ ।‘  कोरोना महामारी र लकडाउनले विकास निर्माणको काममा थोरै सुस्तता आएको छ’–उहाँले भन्नुभयो–‘यो महिना भित्रै सिटी हल निर्माणसंगै भरतपुर महानगर भित्र विद्युतिय तारबार भुमिगत गर्ने काम अगाडी बढदैंछ ।’ पुल्चोक देखि गोन्द्रांग सम्मको नमुना सिटी सडक, स्ट्रीट बत्ती लगायतका कामको टेन्डर भइसकेर निर्माण कम्पनी छनौटको क्रममा रहेको उहाँले बताउनुभयो ।

सिटी सडकको लागत २ अर्ब, र ६० किलोमिटर सडकमा स्ट्रीट बत्ती रखिनेलगायतका योजना शुरु गर्ने चरणमा रहेकाले तोकिएको समयमै निर्माण हुने पनि विश्वास व्यक्त गर्नुभयो । उहांले भरतपुर महानगरपालिका समग्र विकास निर्माणको लागि महानगरको श्रोत साधनले मात्रनपुग्ने भएपछि केन्द्र देखि प्रदेश सम्म बजेट माग गरेर भएपनि योजनाहरु अगाडी बढाइएको प्रमुख दाहालले बताउनुभयो ।

महानगरकै पहलमा बजेटमा भरतपुर महानगर भित्र विद्युतिय तारहरू भुमिगत गर्ने र भरतपुर बिमानस्थललाइ क्षेत्रिय विमानस्थलको रूपमा बिकास गरी निर्माण गर्न बजेटमा समाबेस गर्न सफल भयको गर्नुभयो ।  आज शिलान्यास गरिएको हेल्थ पोष्ट चोकदेखी प्रेमबस्ती सम्मको सडक १६ मिटरको हुने र त्यस भित्र सडक, ढल, बत्तीका साथै सुविधा सम्म साईकल लेन हुने बताउनुभयो । उक्त सडक निर्माणको लागि ९ करोड बजेट छुट्याईएको छ ।सनिवार सिलान्यास गरियको साइकललेन सहितको सडक तोकियकै समय सिमाभित्र गुणस्तरिय ढंगले निर्माण गर्न निर्माण ब्यावसायीलाइ निर्देसन समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस