चितवन । सरकारले आगामी आर्थिक वर्ष २०७७ र ७८ को लागि बजेट सार्वजनिक गरिसकेको छ । बजेट आयसँगै केही वस्तुमा कर बढेको छ । केहीमा कर घटेको पनि छ । सवारीसाधन आयातको कर र व्यक्तिगत आयकर यथावत छन् भने मदिरा, पेट्रोल डिजेल लगायतको करमा बृद्धि भएको छ ।
बजेटले पेट्रोल, डिजेल तथा मट्टितेलमा लाग्ने कर बढाएको छ । यसमा प्रतिलिटर १० रुपैयाँको दरले पूर्वाधार विकास कर लाग्नेछ यसैगरी पेट्रोलमा चार रुपैयाँ र डिजेलमा २ रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर लाग्नेछ । यस्तै प्रदुषण नियन्त्रण शुल्क पेट्रोल डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा लाग्नेछ ।
यता, स्वास्थ्य जोखिम कर भनेर बिडीमा प्रतिखिल्ली पच्चिस पैसा, चुरोट र सिगारमा प्रति खिल्ली पचास पैसा, खाने सुर्ती, खैनी, गुट्खा र पान मसलामा प्रतिकिलो ४० रुपैयाँले कर लाग्नेछ । धुम्रपान र मद्यपानमा रहेका बजेटले कर बढाउँदै आएको छ ।
अर्कोतर्फ वदेश अध्ययन गर्न जादा गरिने सटही सुविधामा २ प्रतिशत शुल्क लगाइने छ । व्यक्तिगत आयकर यथावत छ । सवारी साधनको कर परिवर्तन गरेको छैन ।
बजेटले विदेशबाट आयात हुने सुनको भन्सार बढाएको छ । सुनको भन्सारदर प्रति १० ग्राम दुइ हजार रुपैयाँले बढाएको छ । अहिले सुनको भन्सारदर ६ हजार ५ सय रुपैयाँ छ । अब ८ हजार ५ सय रुपैयाँ पुगेको छ । चाँदीको भन्सार दर प्रति १० ग्राम १० रुपैयाँले बढेको छ । अब भन्सारदर प्रति १० ग्राम ८५ रुपैयाँ लाग्नेछ ।
स्थायी लेखा नम्बर लिएकाले पछिल्लो ३ वर्षको ९२०७३र७४, ०७४ र०७५, ०७५ र७६० आयकर फागुन मसान्तसम्म बुझाए त्यसअघिको आयकर विवरण सरकारले नखोज्ने भएको छ । यसले विगतमा कर नतिरी बसेकालाई फाइदा हुनेछ । त्यस्तो आयमा लाग्ने कर, शुल्क, ब्याज मिनाहा हुनेछ । करको दायरामा आउन चाहनेलाई स्थायी लेखानम्बर लिइ विगत २ वर्षको कर फागुन मसान्तसम्म बुझाए त्यसअघिको सम्पूर्ण आयकर मिनाहा हुनेछ ।
यसैगरी बार्षिक २० लाख रुपैयाँसम्म कारेबार गर्ने घरेलु तथा साना उद्योगी व्यवसायीलाई ७५ प्रतिशत कर छुटको व्यवस्था छ । २० लाख देखि ५० लाख सम्मको कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाख देखि १ करोड रुपैयाँसम्म कारोबार गर्नेलाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । लघु उद्यमलाई आयकर छुटको अवधि २ वर्ष थप गरी सात वर्ष पुर्याइएको छ । महिला उद्यमीद्वारा सञ्चालित लघु उद्यमलाई १० वर्ष पुर्याइएको छ । यो उद्यममा ३ वर्ष थप गरिएको हो ।
यसैगरी बैंकहरुले विदेशबाट ल्याउने पैसाको ब्याज भुक्तानीमा लाग्ने कर बजेटले घटाएको छ । सरकारले ५ प्रतिशत विन्दु कम गरेको हो । बैंकहरुले लगानी गर्न विभिन्न विदेशी सँस्था तथा बैंकबाट ऋण लिदै आएका थिए । लगानी गरेको ब्याज आम्दानी हुने गरेको थियो । त्यसमा १५ प्रतिशत कर तिरेपछि मात्र पैसा लैजान पाउने व्यवस्था थियो । अब ५ प्रतिशत कम गरेपछि १० प्रतिशतमा झरेको छ ।
औषधी उद्योगले औषधी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकिङ मेटेरियल स्वदेशी उद्योगबाट खरिद गरेमा खरिद गर्दा तिरेको कर फिर्ता हुनेछ । यसका लागि कर अधिकृत समक्ष निवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित