अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १४ : ३३
अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

फाइल फोटो

चितवन । दुई ट्रक एकापसमा ठोक्किँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना८ख १९५२ नंको ट्रक र विपरीत दिशाबाट  आउँदै  गरेको ना५ख ९१२२ नं. को ट्रक

चितवनको इच्छाकामना–६ अन्तर्गत ३ नम्बर पुलमा एकापसमा ठोक्किँदा बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको थियो । 

करिब तीन घण्टापछि अहिले सडक दुईतर्फी सञ्चालनमा आएको छ । 

प्रतिक्रिया दिनुहोस