पतिको हत्या अभियोगमा पक्राउ

रासस

विहीबार, १५ जेठ २०७७, ११ : ०९
पतिको हत्या अभियोगमा पक्राउ

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी  छिन् ।

घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया (चौधरी) को घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा मृत्यु शङ्कास्पद देखिएपछि उनकी पत्नी पार्वतीलाई बुधबार नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

 धर्मनाथ आफ्नो घरको कोठाभित्र घाँटीमा नीलडाम, टाउकामा चोट र दुवै हातको नाडी काटिएको मृतावस्थामा फेला परेका थिए । अभियुक्त पार्वतीविरुद्ध आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस